दमक, ५ जेठ–कोरोना भाइरसको संङ्क्रमणबाट बच्न र बचाउन नेपाली कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले झापाका प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ ।
नेविसंघका नेता विशल सिटौलाको नेतृत्वमा शिबसताक्षी-११ झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिले, शिबसताक्षी-६ शिबगञ्जस्थित इलाका प्रहरी कार्यालय शिबगञ्ज र गौरिगञ्ज गाउँपालिका वडा नं १ महाभारास्थित कुन्जिबारी सीमा प्रहरी र महाभारा प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको हो ।

नेता सिटौलाका अनसार झापा क्षेत्र नं ४ प्रदेश निर्वाचन क्षेत्र (क) अन्तर्गत प्रहरी कार्यालयहरुलाई मास्क, सेनिटाइजर, ग्लोबस् लगायतका सामाग्रीहरु प्रदान गरिएको हो । उनले जनताको शान्ति सुरक्षामा अग्रभागमा परिचालन हुने प्रहरीहरु कोरोना भाइरसको संक्रमणबाट संंक्रमित हुन नदिन स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको बताए ।
पछिल्लो समयदेखा परेको संक्रमणले शहर बजारदेखी ग्रामिण क्षेत्रसम्म प्रभाव पारिरहेकोले नेविसंघले ग्रामिण क्षेत्रमा कार्यरत प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको नेता सिटौलाले बताए ।
सामाग्री हस्तान्त्रण कार्यक्रममा नेविसंघका नेताहरु रोमन आचार्य, सन्दिप रेग्मी लगायतको सहभागिता थियो ।

