काठमाडौं, ६ जेठ–नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
बुधबार माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले कोभिड–१९ का विषयमा विज्ञ एवं चिकित्सकहरुसँग परामर्श गरेका थिए ।
उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित आज बस्ने बैठकबाट योजना र कार्यक्रमहरु घोषणा गर्ने तयारी रहेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
