काठमाडौं, ६ जेठ–मन्त्रिपरिषद्को बैठकले संसद्को बर्खे अधिवेशन जेठ ९ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
यो बैठक मूलतः बजेट अधिवेशनमा केन्द्रित रहनेछ । सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसअगाडि नै नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्ने भए पनि सरकारले यो अधिवेशन ढिला गरी बोलाएको हो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् । उनले धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बाटो खोलिलिने बताएको एक मन्त्रीको भनाइ छ ।
