दमक, ६ जेठ–झापाको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल कोरोना संक्रमण पश्चात होम आइशोलेसनमा बसेका बिरामीको घर घरमा पुगिन र उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका थिईन् ।

बिहिबार, शिबसताक्षी ४ र ५ (पाँचगाछी) का संक्रमितहरुको घरमा पुगेर होम आइशोलेसनको स्थलगत अवोलकन गुर्नका साथै संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै औषधि वितरण गरेकी छन् ।

हिजो (बुधबार) उपप्रमुख नेपालसहितको टोलीले शिबसताक्षी–९ र १० का संक्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिनुका साथै औषधीहरु वितरण गरेका थिईन् ।

उपप्रमुख नेपालसहित दूधे आयुर्वेद औषाधलयका कविराज राजेन्द्र पोख्रेल, वडाध्यक्ष सत्यनारायण ताजपुरिया र नगरका फोकल पर्सन रोसन अधिकारीको टोली संक्रमितका स्वास्थ्य अवस्था बुझन नगरको वडा नं ४ र ५ मा पुगेका हुन् ।

सो टोलीले वडा नं ४ र ५ का २० घरमा रहेका संक्रमितलाई औषधि वितरण गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, कुन्जीबारी रहेको शसस्त्र प्रहरी बललाई पनि स्वास्थ्य समाग्री र इम्युनिटी पावर बढाउने औषधि वितरण गरिएको थियो ।

नगरका फोकल पर्सन रोसन अधिकारीका अनुसार होम आइशोलेसनमा बसेका संक्रमितहरु बाहेक गाउँ घरमा रुघा र ज्वरो आएका अन्यलाई पनि औषधि दिई सुरक्षित तरिका अपनाई बस्न सुझाइएको थियो ।

शिवसताक्षी वडा नं ४ का संग्रौला थरका एक व्यक्ति रोजगारीको क्रममा भारतमा कोरोनाबाट मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको । उनको छोरा घर फर्कीने क्रममा काँकरभिट्टा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि नगर स्वास्थ्यको टोलीले आजबाट होमआइशोलेसन राखी आवश्यक औषधि वितरण गरिएको फोकल पर्सन अधिकारीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमितको संख्या बढे सँगै नगर स्वास्थ्य र जनप्रतिनिधी सक्रिय भई कोभिड व्यवस्थापनमा लागेका छन् । शिवसताक्षी नगरपालिकाले विपन्न परिवारकालाई कोभिड लागेका व्यक्ति अस्पताल जान र पिसिआर चेक गर्न जानका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *