धरमपुर, ७ जेठ–झापाको कमल गाउँपालिकाको सानो केर्खा चौकमा विहिबार राती ८ बजे सवारी दुर्घटनामा परेर एक जनाको मृत्यू गएको छ । दुर्घटनमा परेर मृत्यू हुनेमा शिबसताक्षी-१ धरमपुरका ६२ बर्षिय साने दर्जी हुन् ।

प्रहरीका अनुसार प्रदेश नं ३–०१–०२४ च ४५३५ नम्बरको महेन्द्र कम्पनीको हाइलक्स पिकअपले दर्जीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमा मृत्यू भएको स्थानीयवासीको भनाईलाई उद्रित गर्दै प्रहरीले जानकारी दिएको छ ।

यता, ठक्कर दिने सवारी साधनसहित चालक इलका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

मृतक दर्जी धरमपुरबाट काम विशेषले सानो केर्खा आफन्तको घरमा आएका थिए । साँझ अवेरसम्म आफन्तको घर बसेर धरमपुरतर्फ फर्किने क्रममा दुर्घटना भएको पीडित परिवारले जनाएका छन् ।

मृतकका तीन छोरी र दुई छोरा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *