काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका शीर्ष नेतालाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठ बोलाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्न लागेको हो।

देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठ बोलाइएको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

राष्ट्रपति विद्यादेवि भण्डारीबाट साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दिएको समयअघि नै सबै विकल्पमा छलफल गर्नका बैठक बोलाइएको सह(महामन्त्री महतले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *