काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्। राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा सुनेको बताउँदै उनले त्यसो गरे गणतन्त्रविरुद्धको काम हुने तर्क गरे।

उनले भने, ‘कोही राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ भन्दैछन्। के कुरा हो यो ? राष्ट्रपतिको भूमिका के हो भनेर बुझ्नु पर्दैन ?

सरकारको सिफारिस कार्यान्वयन गर्नेमात्रै हो राष्ट्रपतिले। उहाँको अधिकार बुझ्नुपर्छ। मेरो सिफारिसप्रति म जवाफदेही छु, मैले गरेको हो राष्ट्रपतिसामु सिफारिस।’

राष्ट्रपतिलाई महाभियोग लगाउने होइन, आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उनले चुनौती दिए–ल्याउ, प्रधानमन्त्रीविरुद्ध ल्याउ अभियोग । किन राष्ट्रपतिमाथि हमला ?

राष्ट्रपतिलाई राजासँग तुुलना गर्दै उनले भने, ‘गणतन्त्रको प्रतीक हो प्रधानमन्त्री, जसरी गणतन्त्र नआउँदा राजा हुन्थे।

राजा गणतन्त्रमा हुँदैन, राष्ट्रपति राजतन्त्रमा हुँदैन। आफ्नो पार्टीको भएन भन्दैमा राष्ट्रपतिको हुर्मत लिन पाइँदैन।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *