काठमाडौं, ७ जेठ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन्।

ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन्। कोभिड १९ को कारण देखाउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग कुनै सल्लाह नगरेरै बैठक स्थगित गरेका छन्।

ठाकुर र यादवको संयुक्त हस्ताक्षरमा केही दिनअघि जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *