दमक, ८ जेठ–दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न झापाका लोकप्रिय नेता एबम् संघीय सांसद एलपी साँवाले चासो देखाएका छन् ।

सांसद साँवाको पहलमा रु १५ लाख बराबरका अक्सिनज सिलिण्डर, पिसिआर कीट, सजिर्कल मास्क, सेनिटाईजर, फेस सिल्ड, डिजिटल थर्मोमिटर, आईआर थर्मोमिटर लगायतका सामाग्रीहरु झापाका अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गरिएको छ ।

सोही अवसरमा आफ्नो निर्वाचन क्षेत्रका सक्रियत सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा सहज ढङ्गमा काम गर्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको छ ।

संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त ती सामाग्रीहरु आज सुरुङ्गामा एक कार्यक्रमबीच वितरण गरिएको हो । सांसद साँवाका सचिवालयले झापाका एक दर्जन स्वास्थ्य संस्थाहरुलाई निःशुल्क अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको सिकिन पासवानले बताए ।

सामाग्री वितरण कार्यक्रममा प्रदेश सांसद हिरा थापा, पूर्व सांसद तारासम योङया, जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेल, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल, उपप्रमुख मञ्जु प्रसाई, जनस्वास्थ्य कार्यालयका फोकल पसर्न जीवन चौलागाई लगायतका उपस्थिति थियो ।

त्यस्तै, नेकपा एमाले शिबसताक्षी अध्यक्ष धनबहादुर थेबे, कनकाई नगर अध्यक्ष कविन्द्र लम्साल, शिबसताक्षीका बुद्धिजिवी भीम लिवाङ, ज्ञानेन्द्र विश्वकर्म, बिष्णु कटुवाल, राजिव घिमिरे, युवा संघ नेपाल शिबसताक्षी अध्यक्ष भीम बोहोरा, सचिव सुजन भण्डारी, खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज रिङ्गालुङ राई, बिशाल खनालसहित एक दर्जन पत्रकारहरुको उपस्थिति थियो ।

सो अवसरमा भद्रपुरस्थित मेची अस्पताललाई १५ थान अक्सिनज सिलिण्डर, २ हजार पिसिआर कीट, १० हजार मास्क, तीन कार्टन सेनिटाईजर, फेस सिल्ड, डिजिटल थर्मोमिटर, आईआर थर्मोमिटर लगायतका सामाग्रीहरु उपलब्ध गरिएको छ । त्यस्तै, कनकाई नगरको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, शिबसताक्षी नगर स्वास्थ्य शाखा, बिर्तामोड नगर स्वास्थ्य शाखालाई पनि स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *