धरमपुर, १० जेठ–झापाको धरमपुरस्थित मंगलबारेमा आइतबार राती आगलागी भएको छ । शिबसताक्षी–२ मंगलबारे बजारको पश्चिमतर्फ नन्दकला राई र नेत्र चिमोरियाको घर आगलागीमा परेर खरानी भएको छ ।

नन्दकला राईको घरबाट सुरु भएको आगोले छिमेकी नेत्र चिमोरियाको घरमा समत क्षति गरेको हो । आगलागीबाट कुनै मानवीय क्षति नभको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीेले प्रष्ट पारेको छैन् । यदपी, स्थानीयवासीहरुले नन्दकला राईको घरमा बिद्युत सर्ट भएर या ग्याँस सिलिण्डर पडकिएर आगलागी सुरु भएको हुन सक्ने अनुमान गरेका छन् ।

आगलागी नियन्त्रण गर्न दमक, कमल र गौरादहका दमकल आईपुगेका थिए । त्यस्तै, धरमपुरस्थित मंगलबारे प्रहरी चौकीका प्रहरी र स्थानीयवासीले झण्डै तीन घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए । दमकल समयमा आइपुगेको भए दुई घर क्षति हुन नपाउने स्थानीयको भनाई छ ।

नन्दकला राईको जस्तापाताको एक ताले घरमा टेलर्स रहेको र नेत्र चिमोरियाको घरमा होटल र कस्मेटिक पसल छ । टेलर्स र होटल पुर्णरुपमा क्षति भएपनि कस्मेटिक पसलमा क्षति नभएको प्रहरीले जानकारी दिए ।

यता, बजारमा आगलागी सुरु भएपछि स्थानीयले आ–आफ्नो घरभित्रका धनमाल (सामाग्री) हरु बाहिर निकालेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *