काठमाडौं, १० जेठ–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सिजनको आफ्नो अन्तिम खेलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई २–१ ले हराएको हो ।

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी एलंगा र जउन माटाले एकरएक गोल गरे । उल्भ्सका लागि नेल्सन सेमेडोले एक गोल फर्काए ।

खेलका १३औँ मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा सेमेडोले उल्भ्सका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा माटाले गोल गर्दा युनाइटेड २–१ ले विजयी भयो ।

जितसँगै युनाइटेडले ३८ खेलबाट ७४ अंक जोड्यो । युनाइटेडले दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ । पराजित उल्भ्स ४५ अंकमा सीमित भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *