दमक, १० जेठ–नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेविसंघ) ले झापाको बाह्रदशीस्थित राजगढ बजारमा मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेविसंघ बाह्रदशी गाउँपालिकाले राजगढ बजारमा आइतबार साँझ मसाल जुलुससहित प्रधानमन्त्री ओली बिरुद्ध चर्को नारा जुलुस लगाउँदै पुत्ला दहन गरिएको हो ।

नेविसंघ झापाका सभापति एबम् मेची बहुमुखी क्याम्पस भद्रपुरका स्ववियु सभापति भुवन बुडाथोकीका अनुसार प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद बिघटन गरेको विरोधमा मसाल जुलुस पश्चात पुत्ला दहन कार्यक्रम गरिएको हो । नेविसंघ बाह्रदशी गाउँपालिकाका सभापति मिलन बस्नेतको नेतृत्वमा बिद्यार्थीहरुले राजगढ बजारमा पुत्ला दहन गरिएको संघका झापा सभापति बुडाथोकीले बताएका छन् ।

मसाल जुलुस तथा पुत्ला दहन कार्यक्रमपछि आयोजित कोणसभामा बिद्यार्थी नेताहरुले देशका राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको बताएका थिए । उनीहरुले कोरोना संक्रमणको माहामारी समयमा कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको उपनिर्वाचनको घोषणा गरेर नागरिकप्रति मजाक गरिरहेकोमा जोड दिएका थिए ।

सभामा नेविसंघ बाह्रदशीका अध्यक्ष बस्नेतले अघिल्लो पटक पनि प्रधानमन्त्रीको असंवैधानिक कदमप्रति नेपाली नागरिकहगरेको बलमा संसद पूर्नस्थापना भएको र यसपटक पनि ओलीलाई घुडा टेकाएर छाड्ने उद्घोष गष्रे । उनले संसदभित्र अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने तर्क गरे । ओलीले संवैधानिक प्रक्रियाहरू मिचेको र पूर्व–नजिरहरूलाई समेत बेवास्ता गरिएको उनले दाबी गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *