झिलझिले, १० जेठ–प्रतिनिधिसभाका निर्वतमान सांसद एबम् नेकपा (एमाले) का नेता एलपी सावाँको निर्वाचन क्षेत्र विकास अन्तर्गत हाल चालु अवस्थामा भइरहेको योजना र गतिविधिहरुका बारेमा पूर्वसांसद तारासम योङयासहितको एक टोलीले स्थलगत अध्ययन तथा अवोलकन गरेका छन् । शिबसताक्षी–१ धरमपुरदेखी दक्षिणतर्फ जोड्ने पाँचगाछी सडकमा निर्माणधिन कालोपत्रेको गुणस्तरीयता र प्रभावकारिता सम्बन्धी ठेकदार कम्पनीसहित स्थानीयवासीसँग टोलीले भेटघाट गरेका छन् ।
शिबसताक्षी-३ पाराबारी दक्षिण कमलधापमा निर्माण भइरहेको कालोपत्रे सडकको अध्ययन तथा अवोलकन गर्न टोलीमा झापाका पूर्वसांसद तारासम योङया, शिबसताक्षी–३ का अध्यक्ष पुष्यप्रसाद सापकोटा, वडा नं ६ का वडा सदस्य लक्ष्मी गुरागाई, एमाले नगर अध्यक्ष धनबहादुर थेबे, नेता दिपेश राई, युवा संघ नगर अध्यक्ष भीम बोहोरा, सहसचिव सुजन भण्डारी, व्यवसायी मेदनी संग्रौला लगायत थिए । टोलीले कालोपत्रे निर्माणमा ठेकदार कम्पनीका प्रतिनिधिलाई गुणस्तरीयतालाई ध्यान दिन र तोकिएको समयभित्र पुरा गर्न सुझाए ।
धरमपुर–पाँचगाछी सडकमा संघीय सरकार शहरी विकास मन्त्रालयबाट आर्थिक बर्ष २०७७।७८ अन्तर्गत विनियोजित रु एक करोडले कालोपत्रे निर्माण कार्य भइरहेको छ । छोटो दुरीमा माहाभारा र पाँचगाछीबाट दमकसम्म जोड्ने सडकको रुपमा रहेको पाँचगाछी–धरमपुर सडकमा कालोपत्रे निर्माण कार्य तीब्र भएसँगै स्थानीयहरु हर्षित भएका छन् ।
