काठमाडौं, ११ जेठ–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइले जानकारी दिएका छन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सीसीएमसीको पुनर्गठन गरेको हो । शुरुमा सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उनलाई संयोजकबाट हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति निर्माण गरिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् । पूर्वरथी शर्मासँग तत्कालीन नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजकका रुपमा पनि काम गरेका अनुभव छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *