बर्दिया, ११ जेठ–बर्दियामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गए राति जिल्लाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दिपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो ।

आमा चन्द्राको घटनास्थलमै र छोरी दिपिकाको नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *