काठमाडौं, १२ जेठ–काठमाडौंमा फेरि बर्डफ्लु सङ्क्रमण भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नष्ट गर्न बिहानैदेखि टोली खटाइएको पशुसेवा विभागले जनाएको छ ।

अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले जानकारी दिए ।

अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पंक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताए । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्डफ्लु पुष्टि भएको हो ।

पंक्षी नष्ट र निःसङ्क्रमण विधि सकिएपछि बेलुकासम्ममा विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि विभागले जनाएको छ । यसअघि काठमाडौं तारकेश्वर, ललितपुरको नख्खुलगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *