दुधे, १२ जेठ–पछिल्लो समय ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिणी झापााको झापा गाउँपालिकावासीलाई मास्कको प्रयोग, सेनिटाइजर र यसले गर्ने सुरक्षा सम्बन्धी जनचेतना मुलक अभियान गरिएको छ ।

झापा क्षेत्र नं ४ का नेकपा (एमाले) बाट प्रतिनिधिसभामा निर्वाचित संघीय सांसद एलपी सावाँका स्वकीय सचिव सिकिन पासवानले गाउँपालिकाका विभिन्न वडाहरुका स्थानीयवासीलाई प्रत्यक्ष भेटघाट गर्नुका साथै संक्रमणबाट बच्न अनिबार्य मास्क प्रयोग गर्न आग्रह गरेका थिए ।

स्वकीय सचिव पासवानले आफ्नो निर्वाचन क्षेत्रवासीको स्वास्थ्य जीवन आशा र अपेक्षा गर्नुभएकोले निर्वतमान सांसद सावाँको तर्फबाट स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको स्थानीयलाई जनाए ।

सो क्रममा मास्कको प्रयोग कसरी गर्ने र यसले संक्रमण फैलिनबाट बच्न सक्ने ग्रामिणवासीलाई शिक्षा, शन्देश र चेतना प्रदान गर्न अभियान सञ्चालन गरिएको सांसद सावाँका स्वकीय सचिव पासवानले बताए ।

यसअघि, निवर्तमान सांसद सावाँले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, बिर्तामोडस्थित नगर अस्पतालसहित निर्वाचन क्षेत्रका सवै प्राथमिक स्वास्थ्य केन्द्र लगायत पालिकाका स्वास्थ्य शाखालाई अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, फेससेभ, ग्लोबस् र पिपिई वितरण गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *