दमक, १३ जेठ–झापाको दमकमा कोरोना भाईरसको संक्रमणबाट संक्रिमत भएकालाई उपचार गर्ने कोभिड उपचार केन्द्रमा दाताहरुले सहयोग जुटाइरहेका छन् । यसैबीच, आज दमकमा सहकारी संस्थाहरुमा स्थापित सूर्यदशर्न बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख बराबरको आइसियु बेड कोभिड उपचार केन्द्रलाई हस्तान्त्रण गरेको छ ।

दमक–६ मा सञ्चालित सूर्यदर्शन बचत तथा सहकारी संस्थाले १२औं बार्षिकोत्सवको अवसरमा बेलडाँगीमा रहेको काभिड उपचार केन्द्रलाई आइसियु बेड हस्तान्त्रण गरिएको संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालले बताउनुभयो । नेपालका अनुसार कोभिड उपचार केन्द्रमा आइसियु सेवा सञ्चालन भएसँगै संस्थाले १२औं बार्षिकोत्सवको अवसर पारेर रु एक लाख बराबरको अत्याधुनिक आइसियु बेड हस्तान्त्रण गरिएको हो ।

आइसियु बेड हस्तान्त्रण कार्यक्रममा संस्थाका अध्यक्ष टीकाराज सापकोटा, संस्थाका प्रमुख व्यवस्थापक अरुण कुमार भण्डारी, संस्थाका सचिव कमल नेपाल, कर्जा बिभाग प्रमुख इश्वर नेपालको सहभागिता थियो ।

यता, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नगर उपप्रमुख एबम् कोभिड उपचार केन्द्रकी अध्यक्ष गीता अधिकारी लगायत उपचार केन्द्रमा कार्यरत डाक्टर र कर्मचारीहरुको उपस्थिति थियो ।

कोभिड उपचार केन्द्रमा दाताहरुको सहयोग जुट्दै
सो केन्द्रमा सघन उपचार कक्ष (आइसियु) सञ्चालन भएसँगै आज दमकका स्थापित व्यवसायी तथा सामाजिक व्यक्तित्व विष्णु खतिवडाले दुई थान आइसियु वेड प्रदान गरेका छन । दमक–७ स्थित जनसेवा ट्रेडर्सका प्रोप्राइटर समेत रहेका खतिवडाले दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल लगायतको उपस्थितीमा नगर प्रमुख ओली र उपप्रमुख अधिकारीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।

त्यस्तै, दमक–६ म्याक्स मेडिकेयरका प्रोप्राइटर तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका प्रकाश अधिकारीले कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ, गाउन र बिरामीका लागि अक्सिजन फ्लोमिटर प्रदान गरेका बताइएको छ ।

यसअघि सो उपचार केन्द्रमा पुगेका दमक–१ का विश्वबन्धु बुढाथोकीले सो केन्द्रको व्यवस्थापनमा सहयोग पुरयाउन १० थान प्लाष्टिकका कूर्सी प्रदान गरेका थिए ।

दमक अस्पताल र आम्दा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि हाल कतारमा बस्दै आएका दमकेली युवाहरुले समेत यहाँका संक्रमितहरुको उपचारमा सहयोग पुरयाउन तीन लाख बढी मुल्य बराबरको सहयोग सामग्री प्रदान गरेका छन ।

दमकको सामुदायिक अस्पताल आम्दा अस्पताल र दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगीका लागि सो सहयोग प्राप्त भएको हो । कतारमा बस्दै आएका डिन्सन बोहोरा र सन्तोष गौतमको पहलमा दमकेली युवाहरुले एकिकृत रुपमा पठाएको सो सहयोग रकमबाट तीन वटा अक्सिजन उत्पादन गर्ने बिद्युतीय उपकरण (अक्सिजन कन्सन्टेटर) खरिद गरेर मंगलबार अस्पताललाई हस्तान्तरण गरेका थिए । त्यस किसिमको एउटा उपकरणले प्रतिघण्टा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *