दमक, १४ जेठ–लाइफ लाइन अस्पतालमा उपचारत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दमक–१० की महिलाको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले जानकारी दिए ।
उनलाई साता अघि स्वास्थ्य समस्या भएपछि उपचारका लागि दमकस्थित लाइफ लाईन अस्पतालमा ल्याइएको थियो । उनको पीसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले बताए ।
दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ । यो कोरोनाको नयाँ भेरियन्ट दमकमा देखिए यताको संख्या हो । गएको चैत्र २५ मा दमकमा पहिलो पटक कोरोनाको दोश्रो भेरियन्ट देखा परेको थियो ।
