काठमाडौं, १४ जेठ–नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अनेरास्ववियुले नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणलाई मानवता विरुद्धको अपराध भएको भन्दै बिरोध गरेको छ । अनेरास्ववियुले मानवता विरुद्ध अपराध गर्नेलाई तत्काल कडा कारबाहीको माग गरेको हो ।
शुक्रबार अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गरेर आफ्नो ज्यानलाई जोखिममा राखेर कोभिड–१९ का संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखत भएको जनाएका छन् । उनले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वाताबरण बनाउन समेत माग गरेका छन् । भनेका छन्, ‘संक्रमतिहरुको उपचारमा खटिएका जनशक्तिहरुलाई उच्च मनोवलका साथ काम गर्ने वाताबरण सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।’
भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर सहित मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । विहिबार नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एमाले नेता मानबहादुर रावतका दाईको उपचारचारका क्रम बिहीबार राती ८ बजे मृत्यु भएपछि नेता रावत, मृतकका छोरोलगायतका आफ्न्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए।
उनीहरुले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको। नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेका थिए । स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आइ ढोका, कुर्सी तोडफोड गरेका थिए । ज्यान जोगाउन चिकित्सक तथा नर्स सोहि कोठाको झ्यालबाट हाम फाल्नुपरेको थियो ।
रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्। उनी ओली निकट मानिन्छन् । रावत यसअघि सरकारी कर्मचारी थिए। ६ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका हुन् । सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए। पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक बनाइएका थिए।
अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए। त्यसपछि रावतमाथि जवर्जस्ती करणी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ दिएको हो ।

