काठमाडौं, १६ जेठ–प्रिमियर लिग क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीलाई १–० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

पोर्चुगलमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हार्बटेजले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । पहिलो हाफको सुरुआतमा सिटीले प्रभाव छाडे पनि चेल्सीले भने गोल गर्न सफल भयो ।

चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । सन् २०१२ पछि चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।

यता, थोमस टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएका हुन् ।

यता म्यान्चेस्टर सिटी भने पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नबाट चुकेको छ । पेपे ग्वार्डिवालाले पहिलो पटक म्यान्चेस्टर सिटीलाई फाइनलमा स्थान बनाए पनि उपाधि भने दिलाउन सकेनन् ।

यता, सिटीका रियाद मेरेज र सर्जियो अग्युरोको सिटीका लागि अन्तिम खेल रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *