दुधे, १६ जेठ–झापाको दुधे चौकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार शिवसताक्षी–६ शिबगञ्ज निवासी ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो ।
शिवगञ्जबाट दुधेतर्फ मे १२ प २३८४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दर्नाल बजार सजावटका लागि राखिएका फुल सहितको गमला मा ठोक्किएका थिए ।
स्थानीय प्रत्यक्षदर्शी अनुसार तीनवटा गमला फुटेको छ । उनी सवार मोटरसाइकलमा उनी मात्र रहेका थिए । उनको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
