दमक, १६ जेठ–महिला र बालबालिकाहरुको न्याय र अधिकारसँगै सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको मेचीमहाकाली बुहारी संयुक्त आवाजले झापाको दमकमा कोरोना हेल्प डेक्स स्थापना गरेको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजले हेल्प डेक्स मार्फत लगातारको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जीविका पार्जन गर्ने असहाय घर परिवार र कोरोनाबाट संक्रमित भएर दमकका अस्पतालमा उपचाररत व्याक्तिसहित उनको हेरचारमा बसेका आफन्तजनलाई खाना, खाजा, पानीको व्यवस्थापनमा जुटिरहेको छ ।

एक सातादेखी दमक–२ खरखरेस्थित आम्दा अस्पतालमा हेल्प डेक्स स्थापना गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज दमक शाखाकी अध्यक्ष जमुना निरौला अधिकारीले बताईन् । अधिकारीका अनुसार यो महामारीको समयमा आफ्नो सम्पूर्ण टीम सावाधानी र सुरक्षितका साथ अस्पतालका बिरामी, उनका हेरचारमा बसेका आफन्त र अन्य बिभिन्न स्थानहरुमा खाना खान समेत समस्या परेकाहरुलाई खाध्यान्य सामाग्रीहरु उपलब्ध गराउदै आइरहेका छौं ।

उनले खाध्यान्य सामाग्रीहरुसँगै अस्पतालमा उपचाररत बिरामीका लागि रगतको आवश्यक परे, बिरामी भएर अस्पतालसम्म जान नसक्ने, दैनिक ज्यालादारी गरेर जीविका पार्जन गर्ने अहसाय परिवारको लागि मेचीमहाकाली बुहारी संयुक्त आवाजले सहयोग र सहजिकरण गर्दै आइरहेको बताइन् । दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधकि सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाजले दमकभरीका अस्पतालहरुमा रगतको प्रवन्ध गर्ने कार्य गरिरहेको छ ।

त्यस्तै, दमकको आम्दा अस्पतालसहित दमक–५ स्थित लाइफ लाईन अस्पताल, दमक–१ स्थित दमक अस्पताल, दमक–२ बेलाडाँगीस्थित कोभिड विशेष उपचार केन्द्र, दमक–७ स्थित एडभान्स अस्पतालमा रहेका बिरामीका कुरुवाहरुलाई पिउने पानीसहित मास्क, सेनिटाइजर, ग्लोबस् लगायतका स्वास्थ्य सुरक्षामा सामाग्री बितरण गर्दै आइरहेको मेचीमहाकाली बुहारी संयुक्त आवाजकी दमक संयोजक अधिकारीले बताईन् ।

संस्थाकी सदस्य रिना राईका अनुसार मेचीमहाकाली बुहारी संयुक्त आवाज मार्फत सञ्चालन भएको अभियानमा सहयोगी दाताहरुले उपलब्ध गराउनु भएको सहयोग प्राप्त भइरहेको बताईन् । उनका अनुसार आजै दमक–२ खरखरेस्थित आम्दा अस्पताल पछाडी एक असहाय घर परिवारलाई चामल, नुन, तेल, चिनी, दाल लगायतका खाध्यान्य सामाग्री उपलब्ध गराउनुका साथै मास्क र सेनिटाइजर बितरण गरिएको छ ।

केही दिनको वर्षासँगै महामारीको समयमा संस्थाले सहयोग सामाग्रीहरुसहित अस्पताल र असहायको घर आँगनमा पुगेर राहत सामाग्री बितरण गरिरहेको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले संक्रमित भएर घरैमा बसिरहेका, अस्पतालमा उपचाररत बिरामी, उनका कुरुवा, साँझ–बिहान खाना खान समस्या परेकाहरुलाई सहयोग उपलब्ध गराउने योजनासहित सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

सम्पर्कः
(१) नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा (सिदार्थ दाहाल) रत्तसंचार बिभाग प्रमुख–९८५२६७६३१०
(२) मेचीमहाकाली बुहारी संयुक्त आवाज (जमुना निरौला अधिकारी) दमक शाखा संयोजक–९८४२७५४३३२
(३) सिता श्रेष्ठ–९८२४९०२३००
(४) रिना राई–९८०६००९६७०
(५) अनु ओडारी–९८६३५२१८७९
(६) सुनिता निरौला पौडेल–९८४२६२१६७४
(७) जुनु भट्टराई–९८६२७६५९१५
(८) चम्पा दाहाल–९८४४६०३१३२

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *