विर्तामोड, १७ जेठ–किड्नीमा समस्या देखा परेपछि झापा एमालेका अध्यक्ष चिन्तन पाठक अस्पताल भर्ना भएका छन् । उनलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

किड्नीमा समस्या देखिएपछि एक सातादेखि घर बस्दै आएका पाठकको दुखाई बढेपछि अपरेशनका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

पाठकको किड्नीमा ४ र ९ एमएमको स्टोन देखा परेको चिकित्सकको भनाई छ । आज राती स्टोनको अपरेशन गरिने बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *