काठमाडौं, १८ जेठ–१० वर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो लालिगा टोली बार्सिलोनामा अनुबन्धित भएका छन्।

बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो। सिटीका सर्वाधिक गोलकर्ता अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने संकेत दिएका थिए।

अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन्। अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिँदै आएका थिए। बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड मात्रै पाउनेछन्।

यसअघि उनी २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए। अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *