दमक, १८ जेठ–स्वास्थ्य सेवामा सर्वसाधरण नागरिकको पहुँच सुनिश्चित गर्ने उदेश्यका नेपाल सरकार स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन र बीमा कार्यक्रममा आबद्ध हुनेहरुका लागि स्थानीय तह मार्फत वडाभित्र बसोबास गर्ने विपन्न, सिमान्तकृत लोपोन्मुख र दलित परिवारको पहिचान गरेर बीमा कर्यक्रममा समेट्न अभियाननै चलाइरहेको छ ।

यसैबीच, झापाको शिबगञ्जस्थित शिबसताक्षी–६ वडा कार्यालयले आफ्नो वडाभित्र बसोबास गर्ने विपन्न, सिमान्तकृत, लोपोन्मुख र दलित परिवारको पहिचान गरेर उनीहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा छनौट गराएको छ ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रममा योजना सञ्चालन हुनेगरी वडाभित्रबाट विपन्न ३० घर परिवारलाई छनौट गरिएको हो । अध्यक्ष कार्कीले वडा परिषदको निर्णयाबाट बिनियोजित रु ९० हजारबाट ३० घर-परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा छनौट गरिएको बताए ।

छनौटमा परेका ३० घर परिवारबाट प्रतिव्याक्ति रु ५ सय उपलब्ध गराउनुपर्ने व्यवस्था छ, अध्यक्ष कार्कीले भने–रु ५ सय बाहेक रु ३ हजार वडा कार्यालयले व्योहोर्ने छ । ३० घर परिवारवाट जम्मा १ सय ५० जनाले स्वास्थ्य सेवा पाउने छन् ।

वडा कार्यालयले वडा भित्र बसोबास गर्ने ४७ घर परिवारको आवेदन प्राप्त भएको थियो । आवेदन प्राप्त भएकाहरुमध्ये अति विपन्न ३० घर–परिवारलाई अन्तिम छनौट गरिएको वडा अध्यक्ष कार्कीले बताए ।

बीमा कार्यक्रममा नवजात शिशु, जेष्ट नागरिक, एकल महिला, अपांगता भएका व्याक्तिलाई समेटदै आइरहेको छ । त्यस्तैं, स्वास्थ्य बीमा कार्यक्रम मार्फत सदस्यहरुले खोप, सुरक्षित मातृत्व, बहिरंग सेवा, भर्ना उपचार, आकस्मिक सेवा, शल्यक्रिया लगायत औषधीसहित योग, पोषण र उपचारात्मक सेवा पाउने वडा सचिव नवराज घिमिरेले जानकारी दिए ।

वडा सचिव घिमिरेका अनुसार छनौटमा परेकाहरुको नामहरुमा सावित्री मर्डि, नजरलाल राजवंशी, हर्कबहादुर खनाल, सुनिता सोरेन, बिक्रम ऋषिदेब, चम्पा माझी, लोकबहादुर सुन्दास, दुर्गा नेपाल, ऋषिराम गुरागाई, रेनुका उप्रेति, लुखि मर्डि, जगमाया विश्वकर्मा, पार्वती दमाई, दुलर्ड हेमरम सोरेन, निरबहादुर बिश्वकर्मा, झमक कुमारी सुनुवार, मान बहादुर दर्जी, बघगनी राजवंशी, सावित्रा श्रेष्ठ, सुमित्रा श्रेष्ठ, लिलामाया भुजेल, रणबहादुर तामाङ, शेष वती राजवंशी, राईजली राजवंशी, चन्द्रकला राजवंशी, लोकबहादुर पौडेल, कृष्णदेब दुलाल, गोपाल पौडेल, सरिता कडरिया र आरती मर्डी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *