काठमाडौँ, १९ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।
नेपालमा आज ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको कूल संख्या ५ लाख ७१ हजार ९०३ जना पुगेको छ।
हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ। आज १०१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ।
आज १६ हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख ८८ हजार ३७६ जनाको परीक्षण गरिएको छ।
