काठमाडौं, २० जेठ–नेपालमा पछिल्लो २४ घण्टामा हजार ६ हजार हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ७७३ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७५ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ तथा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *