बिर्तामोड, २२ जेठ–झापामा आज २०३ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ सय २७ पुगेको छ ।

जिल्लामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १ महिला सहित ७ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म जिल्लामा २ सय ६२ कोरोना संक्रमित मृत्यु भएको भएको छ ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *