विर्तामोड, २३ जेठ–झापामा १ सय ९४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित थपिएका छन् ।

जसमध्ये २५ जना पिसिआरतर्फ रहेका छन् भने ५२ जना एन्टिजेन्टतर्फ रहेका छन् ।

संक्रमितहरु दमकमा ९ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा १ जना थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *