दमक, २३ जेठ–सामाजिक सेवामा सक्रिय मेचीमहाकाली बुहारी संयुक्त आवाजले आज झापाको दमक-२ का विपन्न एक घर-परिवारलाई खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको छ । ज्यालामजदुरी गरेर जीविका पार्जन गर्ने राजवंशी परिवारलाई मेचीमहाकाली बुहारी संयुक्त आवाज दमक शाखाले चामल, नून, तेल, भुजा, दाल लगायतका खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको छ ।
संस्थाकी झापा उपाध्यक्ष एबम् दमक शाखाका संयोजक जमुना निरौला अधिकारीको नेतृत्वसहितको एक टोलीले दमक-२ की राजवशीको घरैमा पुगेर सो सामाग्रीहरु प्रदान गरिएको सदस्य रिना राईले बताईन् । राईका अनुसार ज्यालामदुरी गरेर दैनिक हातमुख जोड्ने राजवंशी परिवारमा खाद्यान्य सामाग्री अभाव भएको खबर प्राप्त भएपछी संस्थाको तर्फबाट खाद्यायन्य सामाग्री उपलब्ध गराएको हो ।
खाद्यान्य सामाग्रीको अभावले कष्टकर जीवन बिताइरहेका राजवंशीका तीन छोरीहरु र एक छोरा छन् । सहयोग कार्यक्रममा संस्थाकी सदस्य रिना राई, सीता श्रेष्ठ, अनु ओडारी, शर्मिला ढकाल, जुनु भट्टराई र मोनिका ढकालको सहभागिता थियो ।
