काठमाडौं, २४ जेठ–पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेठ ३ मा फर्किँदैमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माफी दिन नसकिने बताएका छन् । उनले त्यसयता गरेका थुप्रै घटनाक्रमलाई बिर्सिनु नहुने बताएका छन् ।

“एमाले कर्णहरूसँग जिज्ञासाः तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २-२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यतिरओम्नीलगायत अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?” उनले ट्विट गरेका छन् ।

यस्तै, उनले संघको सिको प्रदेश सरकारहरुले पनि गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री पदमा लोभ्याएर आफ्नो उद्देश्य पूरा गर्न खोजिएको भन्दै उनले सचेत हुन आग्रह गरेका छन् ।

डा.भट्टराई ट्विटरमा लेख्छन्, “संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको सिकार गर्न उद्यत भैरहेछन् । खबरदार, नझुक्किऊ ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न ! विष गुलियोमा मिसाएरै ख्वाइन्छ । पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीके मन्त्रीको वेहाल सम्झौं ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *