शिबगञ्ज, २५ जेठ–झापाको ग्रामिण क्षेत्रमै पुरानो बजारको रुपमा परिचित शिबगञ्जदेखी पुर्वतर्फ कुछुदहसम्म जोड्ने कनकाई (माई) खोलामा पुल निर्माणका लागि डिपिआर हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८।०७९ अन्तर्गत नीति तथा कार्यक्रममा पुल निर्माण सम्बन्धी योजनासहित डिपिआरका लागि बजेट समेट बिनियोजन भइसकेको छ ।

शिबसताक्षी नगरपालिकाको वडा नं ६ मा अवस्थित शिबगञ्जदेखी झापा गाउँपालिकाको शरर्णामतीस्थित कुछुदहलाई जोड्ने कनकाई नदीमा पुल निर्माणका लागि डिपिआर सम्बन्धी बजेट छुटिटएसँगै यतिवेला शिबगञ्जवासीहरु उत्साहित छन् । उद्योग बाणिज्य संघ शिबसताक्षीका अध्यक्ष भोला मैनालीका अनुसार पुल निर्माणको प्रकृयाले स्थानीय व्यवसायी र शिबगञ्जवासीलाई उत्साह थपिएको छ । यो पुलले शिबगञ्जवासीका लागि एउटा महत्वपूर्ण बिकासको चरण हुन सक्छ, मैनालीले भने–‘जिल्लाभरीमा पुरानो बजार भएरपनि हाल शिबगञ्जको अवस्था क्रमशः घट्दो छ । द्धन्द्धकालसँगै बजारभित्रका ठूलठूला उद्योग बन्द भएको र यहाँको व्यवसायीहरु शिबगञ्जबाट पलायन बन्नु परेको छ ।’

शिबगञ्जमा हार्डवेयर पसलसँगै शिबसताक्षी नगरका उद्योगी र व्यवसायीको पेशागत हकहित र अधिकारका लागि नेतृत्वदायी भूमिकामा सक्रिय मैनालीले पुल निर्माणका लागि पहल गर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार प्रकट गरे । पुल निर्माणका लागि नीति तथा कार्यक्रममा समावेश हुनुमा कोही कसैको एक्लो प्रयासले संम्भव थिएन, मैनालीले भने–‘आ–आफ्नो स्थानमा रहेर आवश्यक पहल भयो र डिपिआरसम्मका बजेट छुटिएको छ ।’
मैनालीले वडा अध्यक्ष मनोज खुलाल कार्कीको नेतृत्वदायी भूमिकाको प्रशषा व्यक्त गरे । त्यस्तैं, यसै क्षेत्रका संघीय सांसद लालप्रसाद सावाँ र अर्थ मन्त्रालयका सहसचिव दिर्घराज मैनाली लगायतको उच्च प्रशंषा गरे ।

मैनालीले बिगतका दिनहरु सम्झिए, ‘व्यापारको शिलशिलामा होस् या अन्य काम विशेषले म शिबगञ्जदेखी कनकाई (माई) खोला वारीपारी गरिरहन्थे । यो काम अहिलेपनि निरन्तर छ । दशकौ–दशकदेखी माई वारीपारी गर्नुपर्ने काम बन्द भएको छैन । २०२८।०२९ सालदेखी आफ्नो बुबाले सुरु गरेको किराना व्यापारमा सहयोग गर्नुपथ्र्यो । त्यसवेला हालको शिबगञ्ज बजारबाट पुर्व शिबालय मन्दिर नजिक बुधबार लाग्ने गथ्र्यो’, मैनालीले भने ।

मैनाली शिबगञ्ज बजारमा हार्डवेयर पसल सञ्चालन गरिरहेका छन् । हिउँद होस या वर्षामा होस्, मैनाली पसलको कामले माइ खोला तरेर वारीपारी गरेको आज ४५ वर्ष बित्दै छ । यतिका समय पश्चात शिबगञ्जस्थित कनकाई नदीमा पुल बन्ने भएको खबरसँगै मैनालीसँगै स्थानीयवासी एबम् नेकपा (एमाले) का नेता बिष्णुप्रसाद खतिवडापनि उत्साहित भएका छन् ।

त्यस्तैं, शिबगञ्ज बजारका अध्यक्ष समेत रहनुभएका व्यवसयी मुक्ति गुरागाईले शिबगञ्जको व्यवसायमा पुल निर्माणले ठूलो सहयोग पुग्नेमा आशा व्यक्त गरे । नेकपा एमाले निकट युवा संघ नेपाल शिबसताक्षी नगर अध्यक्ष भीम बोहोराले पुल निर्माणमा सवैको आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका रहनुपर्ने बताए ।

यता, वडा अध्यक्ष कार्कीले शिबगञ्जको सामाजिक, साँस्कृतिक, राजनीति, आर्थिक, शैक्षिक लगायतका विकास कार्यमा शिबगञ्ज–कुछुदह जोड्ने पुलले काशेढुङ्गा सावित हुने बताए । सरकारले प्रस्तुत गरेका आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रममा पुलको डिपिआरका लागि बजेट बिनियोजिन भइसकेकोले शिबगञ्जवासीले गौरब गर्नुपर्ने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *