मोरङ, २६ जेठ–विभिन्न हातहतियारसहित प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको केराबारी गाउँपालिका-९ देवीझोडा बस्ने ५१ वर्षीय गणेशकुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्ती बस्ने ४१ वर्षीय पदमकुमार लिम्बु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट एक थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली एक थान भेटिएको थियो ।
त्यस्तै, गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को १ च ८३६८ नम्बरको कार तलासी गर्दा एक थान खुकुरी र एक थान चक्कु समेत फेला परेको थियो । त्यस लगत्तै उनीहरुलाई पक्राउ गरेको हो ।
