काठमाडौं, २६ जेठ–पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ७६८ संक्रमणमुक्त भएका छन् भने ८१ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा ३ हजार ४४९ जनाको पिसिआर र ८९५ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो।

हाल ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *