काठमाडौं, २७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्।

एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत् दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आजै सात मन्त्री नियुक्त गर्नेछन्।

थपिन लागेका मन्त्रीमा नारदमुनी राना, वनमन्त्री, खगराज अधिकारी, गृहमन्त्री, नैनकला थापा, सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह, कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक, वन राज्यमन्त्री छन्।

मोहन वानियाँ पनि मन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागेको छैन।

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम आजै साँझ हुने बताइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *