दमक, ३० जेठ–किवानिज क्लव अफ दमकको समन्वयमा दमक ८ मा बस्दैआएका अति विपन्न परिवारलाई खाद्यान्न राहत उपलव्ध गराईएको छ ।

कोरोना महामारीबाट दैनिक काममा जान बन्चित भएका मजदुर, एकल महिला, एकल पुरूष तथा अपाङ्गता भएका ३० परिवारलाई छनौट गरि त्यस्तो खाद्यन्न राहत प्रदान गरिएको हो । शनिवार क्लवले संक्षिप्त कार्यक्रम गरि ती राहत सामाग्रीहरु वितरण गरिएको थियो ।

झापा शिवसताक्षी घर भई हाल मध्य अमेरिका देश एल साल्भाडोर बस्दै आएका बोद्यानन्द अधिकारी र निलम लामिछाने अधिकारीको आर्थिक सहयोमा किवानिज क्लव अफ दमकले ७५ हजार वरावरको राहत बितरण गरेको कार्यक्रमका सयोजक गोविन्द राज कट्टेलले वताए ।

राहत बितरणमा क्लवका अध्यक्ष रवि न्यौपाने केसी लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *