शिबगञ्ज, ३१ जेठ–विपन्नसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत झापाको शिबसताक्षी–६ ले वडाका ५० जना अतिविपन्न परिवारलाई बाख्रा पाठी वितरण गरिएको छ । वडा कार्यालय शिबगञ्जले वडाभित्रका सिमान्तकृत, दलित, असहाय र कमजोर आर्थिक अवस्था भएका परिवारलाई उन्नत जातका बाख्रा पाठी वितरण गरिएको हो ।

वडा अध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षी नगरका युवा नेता मनोज खुलाल कार्कीका अनुसार रु २ लाख ५० हजार मुल्यका ५० थान बाख्राका पाठीहरु वितरण गरिएको छ । अध्यक्ष कार्कीले वडाभित्रका कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारको आय–आम्दानीमा टेवा पुर्याउने उदेश्यले वडा कार्यालयको संयोजनमा बाख्रा पाठी वितरण गरिएको बताए । यो नगरभित्रै नमुना कार्यक्रम हो, कार्कीले भने–लक्षित बर्ग वा समुदायको जीवन स्तरलाई बृद्धि गर्नलाई बाख्रा वितरण गरिएको हो । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ ।

शिबगञ्जमा आयोजित कार्यक्रममा बाख्रा वितरण उपभोत्ता समितिका अध्यक्ष रामधन मुर्मु सन्थालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा वडा सचिव नवराज घिमिरे, वडा सदस्य लक्ष्मी गुरागाई, बद्रीनाथ खनाल र नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सभापति नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

त्यस्तैं, कार्यक्रममा पशु शाखा कार्यालय शिबसताक्षीका प्राविधिक सन्ध्या विष्ट, वडा कार्यालयका अनिता चौधरी लगायत वडाभित्रका सामाजिक तथा राजनीतिक ब्याक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बाख्रा पाठी लिन आउनेहरुलाई नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाले मास्क र सेनिटाइजर वितरण गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *