काठमाडौं, ३१ जेठ–देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४ हजार ८ सय १९ जनाको कोभिड परीक्षण गरिएको छ।

पछिल्लो समय पाँच हजार एक सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यो अवधिमा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार चार सय ६४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ३६ हजार दुई सय ५२ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

काठमाडौंमा तीन सय ९६,भक्तपुरमा ६६ र ललितपुरमा एक सय ४५ गरी उपत्यकामा जम्मा ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *