पाल्पा, २ असार–लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ ।
त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरी डुबानमा परेको छ । लगातारको वर्षाका कारण नेपालका धेरै जिल्लामा बाढी पहिरोको घटना बढेको छ ।
