काठमाडौं, ५ असार–नेपाल क्रिकेट संघ (क्यान) ले स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले शुक्रबार नेपाल, नामिबिया र स्कट्ल्यान्डसँगको सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
नेपाली टोलीमा पृथु बास्कोटाले पुनरागमन गरेका छन् । त्यस्तै शरद भेसवाकर र विक्रम सोबले पनि टिममा स्थान बनाएका छन् ।
नेपाली टोली-
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ सेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ से, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनास बोहरा, सन्दीप जोरा, साहव आलम, सुशान भारी, शरद भेसवाकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा ।
