काठमाडौं, ५ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको वहस चर्को रुपमा उठिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले भने फेरि पार्टी नेतृत्वका लागि दोहोरिने इच्छा व्यक्त गरेका छन् ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफू निकट केन्द्रीय सदस्यलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएर भावी नेतृत्वका विषयमा छलफल गरेका छन् । देउवाले शनिबार बिहान प्रदेश–१ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका हुन् ।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *