काठमाडौं, ६ असार–युरो २०२० मा साविक विजेता पोर्चुगल पराजित भएको छ। समूह एफअन्तर्गतको खेलमा पोर्चुगललाई जर्मनीले ४(२ गोलले पराजित गरेको हो।
खेलमा अग्रता लिएको पोर्चुगलले त्यसपछि दुई आत्मघाती गोल गर्दा जर्मनीलाई फाइदा पुगेको थियो।
हारसँगै पोर्चुगल विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम बन्यो।
यस्तै पोर्चुगलले युरो कप वा विश्वकपमा चार गोल खाएको यो दोस्रो पटक हो। यसअघि उसले जर्मनीविरुद्ध नै चार गोल खाएको थियो। सन् २०१४ को विश्वकपमा पोर्चुगलको पोस्टमा जर्मनीले चार गोल गरेको थियो।
यस्तै पोर्चुगल एकै खेलमा चार गोल खाने युरो कपको साविक विजेता पनि बन्यो।
