शिबगञ्ज, ६ असार–वडामित्रका पशु पालन गर्ने कृषकहरुको व्यवसायीक हितमा सहयोग गर्ने उदेश्यले झापाको शिबगञ्जमा वडा कार्यालयबाट पशु सम्बन्धी बीमा कार्यक्रम गरिएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित अन्तर्गत वडाभित्रका कृषकहरुले पाल्दैं आइरहेको पशुको वीमागर्न लागिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष एबम् नेपाली काग्रेस शिबसताक्षी नगरका युवा नेता कार्कीका अनुसार पहिलो चरणमा १ सय ६० पशुको बीमा गरिने भएको छ । अध्यक्ष कार्कीले पशु बीमाको जिम्मा एनएलजी इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले लिएको बताउनुभयो । कृषि उपजको दृष्ट्रिकोणले जिल्लाभरीमा परिचित शिबगञ्जवासीका लागि पशु बीमा कार्यक्रमले ठूलो राहत पुग्ने वडा अध्यक्ष कार्कीले बतानुभयो ।

शिबगञ्जस्थित वडा कार्यालयले केही समयअघि मात्रै वडाभित्रका कमजोर आर्थिक अवस्थाका ५० जना विपन्न घर परिवारलाई उन्नत जातका बाख्राका पाठी वितरण गरिएको कार्कीले जानकारी गराउनुभयो । त्यस्तैं, वहाँले आगामी दिनमा वडाभित्रका विपन्न परिवारलाई उन्नत जातका सुगुँरका पाठापाठी समेत वितरण गर्न लागिएको बतानुभयो ।
कृषकहरुलाई पशु बीमा कार्यक्रम निःशुल्क ल्याइएको हो, कार्कीले भन्नुभयो–ग्रामिण क्षेत्रमा पशु बीमा भन्नेबारेमा जानकारीसम्म छैन् । यो कार्यक्रमबाट धेरै कृषकहरुले पशु बीमा सम्बन्धी जानकारी पाउने छ ।

शिबगञ्जस्थित वडा कार्यालयले पशु बीमा सम्बन्धी सार्वजनिक सुचना प्रकाशत गरेको थियो, अध्यक्ष कार्कीले भन्नुभयो–’सुचना मार्फत कृषकहरुले वडा कार्यालयमा पशु बीमा गर्ने भनेर प्रकृया पुरा गरेका थिए ।’ कार्कीका अनुसार सुचनाबाट प्राप्त हुन आएका आवेदन अनुसार वडाका १ सय ६० घर परिवारको प्रतिघर एउटा पशुको बीमा गरिने भएको छ, ।
अध्यक्ष कार्कीले वडा कार्यालय मार्फत पशु बीमा गर्न लागिएको यो कार्यक्रम नगरभित्रैको पहिलो वडा भएको बताउनुभयो । वहाँले भन्नुभयो–’नगरपालिकाको अन्य वडाभित्र पनि पशु बीमा भइरहेको छ होला तर वडा कार्यालयले आयोजना गरेर कृषकहरुलाई समेट्दै गरिएको पशु बीमा कार्यक्रम पहिलो हो ।’

पशु बीमा मार्फत कृषकहरुलाई पशु पालनमा प्रोत्साहन हुने छ, कार्कीले भन्नुभयो–’कृषकहरुलाई आर्थिक भार हुनबाट बच्न र जोखिम कम हुने छ ।’ अध्यक्ष कार्कीका अनुसार पशु बीमा अन्तर्गत गाई, भैसी, रागाँ, गोरु, सुगुर, बाख्रा, बोका लगायत छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाका बजार सहायके प्रतिनिधि लक्ष्मीप्रसाद नेपालका अनुसार शुक्रबारबाट सुरु भएको बीमा कार्यक्रम सोमबारसम्म सम्पन्न हुने छ । शुक्रबार र शनिबारसम्म एक सय २५ वटा पशुको बीमा गरिएको र आइतबार र सोमबारसम्मा बाँकी रहेका पशुको बीमा गरिने वहाँले बताउनभयो ।

