दमक, ७ असार–दमक–१ फाल्गुनन्द चौकस्थित सतासीमार्ग निवासी पिता दिलकुमार र माता तारा राईकी छोरा शलोन राईको आज बिधिपुर्वक पहिलो पटक कपाल काट्ने कार्य चुडाकर्म, चुडाकरण चौलकर्म (छेवर) सम्पन्न भएको छ ।

जन्मेको ३ वर्ष वा ७ वर्षभित्रमा छेवर गर्ने प्रचलन छ । सोमबार र बुधबारका दिन उत्तम साइतको रुपमा मनाइदै आएको छेवरमा मावलीहरुद्धवारा बिधिपुर्वक कपाल मुण्डन गर्ने चलन छ । यहि, शुभ अवसर पारेर शलोनका माता, पिता र मावलीहरुको तर्फबाट दमक–४ चियाबारीस्थित रत्न जेष्ट नागरिक बृद्धा आश्रम सेवा केन्द्रका बृद्धबद्धाहरुलाई खाद्यान्य सामाग्रीहरु सहयोग गरेका छन् ।

खाद्यान्य सामाग्रीहरुमा चामल ५० केजी (दुई बोरा), दाल ५ केजी, चिनी ५ केजी, खानेतेल १ कार्टन, चाउचाउ १ कार्टन, सावुन र विस्कुट छन् । सो सामाग्री शलोन र शलोनकी माता तारा राईले आश्रमलाई हस्तान्त्रण गरेका छन् । सो अवसरमा शलोनका मामा प्रेमकुमार राई, सुमन थुलुङ राई, सुरेन राई, योसा राई लगायतको उपस्थिति रहेको थियो ।

भान्जा शलोनको छेवर कार्यक्रममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा प्रयोग गरिएको शलोनका मामा सुमन थुलुङ राईले बताउनुभयो । वहाँले कोरोना (कोभिड–१९) को महामारीको समयमा छेवर कार्यक्रमलाई बिधिपूर्वक मात्रै गरिएको बताउनुभयो ।

मामा सुमनका अनुसार आजको बालबालिकालाई सानै उमेरदेखी असल बन्न र सकारात्मक कार्यमा सहभागिता जनाउन आवश्यक पर्नेभएकोले बृद्धाआश्रममा सहयोग गरिएको हो ।

शलोन राई फाल्गुनन्द चौकको चुलाचुली माध्यमिक बिद्यालयमा अध्ययनरत छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *