दमक, ८ असार–झापाको शिबसताक्षी नगरपालिकाले बजेटको सिलिङ छुट्याउदा विकासमुखी र यर्थाथपरक नभई वितरणमुखी मात्रै भएको भन्दै नेकपा (एमाले) समबद्ध राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिले आज नगरपालिकालाई ध्यानाकर्षणसहित ज्ञापन–पत्र बुझाएको छ ।

संघीयताको मर्म र भावना अनुसार शिबसताक्षी नगरपालिकाको वडाहरुमा समानुपातिक विकास गरी नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको निम्ति ११ वटा वडाहरुमा न्यूनतम रु १ करोड बजेट सिलिङ छुट्याउन राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिले माग गरेको छ ।

नगर कमिटि अध्यक्ष भीम बोहोरा, अनेरास्ववियु नगर कमिटि अध्यक्ष सुमित्रा अधिकारी, राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य सुरज राई, अखिल नेपाल महिला संघका नरमाया कार्की र अखिल नेपाल ट्रेड युनियन महासंघका विमला संग्रौलाले हस्ताक्षर गरेको सो ज्ञापनपत्र नगरपालिकामा एक कार्यक्रमबीच हस्तान्त्रण गरिएको छ । सो ज्ञापन-पत्र नगर प्रमुख चन्द्र शेर्मा, नगर उपप्रमुख भोजकुमारी नेपाल र प्रमुख प्रशासकिय अधिकृत गीताकुमारी राईलाई संयुक्त रुपमा हस्तान्त्रण गरिएको युवा संघ नेपाल नगर सहसचिव सुजन भण्डारीले बताउनुभयो ।

ज्ञापन-पत्रमा शिबसताक्षी नगरभित्र ९० प्रतिशत जनप्रतिनिधिहरु एमालेबाटै निर्वाचित भएको र उनीहरुले वडावासीहरु माझमा प्रतिवद्धता गरेका योजनाहरु सम्पन्न गर्न नगर कार्यापालिकाले बजेटको सिलिङ सम्मानजनक रुपमा छुट्याउन माग गरेको छ ।

पार्टी अध्यक्ष एबम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाल’ उद्घोषलाई स्थानीय तहमा समेत महत्वपूर्ण रुपमा कार्यव्यवन गर्न र गराउन युवा संघ नेपाल नगर कमिटिले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

संघीय सरकारले आर्थिक बर्ष २०७८।०७९का लागि रु ५७ करोड ९७ लाख रुपैया विनियोजन गरेको छ । यता, नगरले आर्थिक वर्ष २०७८।०७९ का लागि रु वडाहरुलाई रु ४० लाख छुट्याइएको छ । नगरमा ११ वटा वडाहरु छ ।

नगरको आधा भन्दाबढी भूभाग सिचाईको प्रवन्ध भएकोले कृषितर्फ व्यवसायिक करणमा जोड दिनुपर्नेमा संघले माग गरेको छ । युवाहरुलाई स्वरोजगार बनाउनका लागि लघु उद्दम मोडेलमा आधारित उद्दमशीलता र शीप बिकास तालिमको व्यवस्थागरी व्यावसाय संचालनका लागि आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने व्यवस्था अब पेस हुने बजेटमा उल्लेख गर्नुपर्ने, युवाहरुलाई व्यवसायिक कृषि नगरको उत्पादन वृद्धि भन्ने नारा तय गरि व्यवसायिक गाई, भैंसी, बंगुर, मौरी, कुखुरा पालन साथै तरकारी खेती लगायतका व्यवसायमा प्रस्ताव र व्यवसायिक कार्ययोजनाको आधारमा सहयोग गर्न माग गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनीहरुले बैदेशिक रोजगारको क्रममा हासिल गरेका ज्ञान, सीप र दक्षतालाई स्वदेशमै प्रयोग गरि आत्मनिर्भर बनाउन उनीहरुको प्रस्ताव बमोजिमका कार्यक्रममा सहयोग गर्न, स्थानीय पर्यटन प्रर्वधनका लागि युवाहरुलाई होमस्टे संचालन सम्बन्धि तालिम तथा होम स्टे निर्माणमा अनुदानको व्यवस्था मिलाउन, लागु पदार्थ र कुलतमा फसेका युवाहरुलाई सकारात्मक बाटोतर्फ फर्काउँदै सकारात्मक सोचको बिकास गर्न, नगर स्तरीय सुधार केन्द्र स्थापना गरि संचालन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय युवा संघले माग गरेको छ ।

झापाका १५ पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

सरकारले आर्थिक वर्ष २०७८।७९ का लागि झापा जिल्लाका १५ पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

मेचीनगर नगरपालिका – ७६ करोड ५२ लाख

अर्जुनधारा नगरपालिका – ४७ करोड ७१ लाख
कन्काई नगरपालिका – ५८ करोड १८ लाख
गौरादह नगरपालिका – ४८ करोड ५१ लाख
दमक नगरपालिका – ७० करोड १७ लाख
विर्तामोड नगरपालिका – ७० करोड १७ लाख
भद्रपुर नगरपालिका – ५० करोड ०६ लाख
शिवसताक्षी नगरपालिका – ५७ करोड ९७ लाख

कमल गाउँपालिका – ४८ करोड ३३ लाख

गौरीगंज गाउँपालिका – ३४ करोड ८६ लाख
कचनकबल गाउँपालिका – ३८ करोड ८७ लाद
झापा गाउँपालिका – ३४ करोड ८४ लाख
बाह्रदशी गाउँपालिका – ३४ करोड १८ लाख
बुद्वशान्ती गाउँपालिका – ३५ करोड ७६ लाख
हल्दिवारी गाउँपालिका – ३२ करोड ३१ लाख

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *