काठमाडौं, ८ असार-सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले अप्रत्याशित भनेको छ ।

एमालेले सर्वोच्चको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने प्रतिक्रिया दिएको छ ।

अदालतको आदेशपछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने टिप्पणी गरेका छन् ।

अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *