मोरङ, ९ असार-मोरङ बिराटनगर–१६ दक्षिण गेटस्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी–७ का ३२ वर्षीय राजकुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *