शिबगञ्ज, १० असार–नेपाली कांग्रेस क्षेत्रीय समितिले झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ (क) ले शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कनसेन्ट्ररक्टर र १० थान अक्सिजन सिलिण्डर र मास्क वितरण गरेको हो ।
कांग्रेस सभापति कमल प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य देउमान थेबे र भक्तीप्रसाद सिटौलाले संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई सो सामाग्रीहरु हस्तान्त्रण गरेका थिए ।
स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका शिबसताक्षी–६ का वडा अध्यक्ष मनोज खुलाल कार्की र डाक्टर सविन ढकाललाई सामाग्रीहरु हस्तान्त्रण गर्नुहुदै कांग्रेस महासमिति सदस्य थेबे र सिटौलाले आ–आफ्नो बिचारहरु राखेका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशखा शिबसताक्षी सभापति नारायण प्रसाद दाहाल, कांग्रेस क्षेत्रीय सचिव शिब कडेल, शिबसताक्षी–६ शिबगञ्जका सभापति भीम प्रसाद ताजपुरिया, उपसभापति दुर्गाप्रसाद ताजपुरिया, सचिव एबम् जन आर्दश माध्यमिक बिद्यालयका शिक्षक दिनेश श्रेष्ठ, बयोबृद्ध एबम् सामाजिक अगुवा भारती न्यौपाने, युवा व्यवसायी एबम् तरुण दल शिबगञ्जका नेता नवीन तिम्सिना लगायतको उपस्थिति थियो ।
