दमक, १० असार–कोरोनाको नयाँ भेरियन्टसबाट सङक्रमित भएर घरैमा बसिरहेका झापा दमकस्थित चिया बगानमा कार्यरत मजदुरहरुलाई दमक नगर इसाई समाज र कोभिड रेसपोन्स टिम (सिआरटी) ले संयुक्त रुपमा ६० हजार मुल्य बराबरको विभिन्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।
दमक नगर इसाई समाज र कोभिड रेसपोन्स टीम (सिआरटी) दमकको संयुक्त आयोजनामा दमक–९ र ४ का २१ घर परिवारलाई रोगप्रतिरोध क्षमता बृद्धि गर्ने खाद्यान्य सहित स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो । सो टोलीले कमजोर आर्थिक अवस्थाका बगान क्षेत्रमा बसोबास गर्ने कोरोना सङक्रमित चिया मजदुरहरुलाई सामाग्रीहरु प्रदान गर्दै कोरोनाबाट मुक्त हुन आग्रह गरेका थिए ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, सल्लाहकार पाष्टर राजकुमार राई, पाष्टर किशोर सुनुवार, इसाई समाज युवा संघ दमक अध्यक्ष सुरज लिम्बू, युवराज गजमेर, मिना सुनुवार लगायतको टोलीले बगान क्षेत्रका कोरोना सङक्रमित मजदुरहरुको घरमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै उच्च मनोबल बढाउन समेत आग्रह गरेका थिए ।
सहयोग सामाग्रीहरुमा डावर चेमनप्रास १ थान, ज्वरो नाप्ने थर्मोमिटर १ थान, अक्सिन नापन गर्ने कन्सनट्रेटर १ थान, मास्क १ बट्टा, ग्लोबस् १ पाकेट लगायतका छन् ।
दमक–४ का धरधरे र बरपिपल टोल र ९ चिया बगानस्थित झरना टोल, दीपज्योती टोल, माछा खाडी, उराव वस्ती लगायतका २१ सङक्रमित परिवारलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको दमक नगर इसाई समाजका अध्यक्ष समेत रहनुभएका कोभिड रेसपोन्स टीम (सिआरटी) नेपालका संयोजक पाष्टर आकाश थुलुङ राईले जानकारी दिए ।
सो क्रममा पाष्टर थुलुङले सङक्रमितहरुलाई स्वास्थ्य सम्बन्धी परिक्षण गरिने प्रविधिको प्रयोग गर्न र आवश्यक सल्लाह वा सहयोगको निम्ति संस्थागत रुपमै उपस्थित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यता, सङक्रमित व्याक्ति र उनका परिवारले सहयोगको निम्ति इसाई समाज र कोभिड रेसपोन्स टीम नेपाललाई धन्यवादसहित कृतज्ञता प्रकट गरेका थिए । उनीहरुले आफुहरु कोरोनाबाट थलिएर घरमा बसिरहेको बेला सहयोग सामाग्रीहरुसहित घर आँगनमा आइपुग्दा हर्षित भएको बताएका थिए । उनीहरुका अनुसार यसरी सहयोग सामाग्रीहरु लिएर घरैमा आइपुगेको इतिहासमै पहिलो भएको बताए ।
स्थानीय झरना टोलका महिला अगुवा मिना सुनुवारको प्रमुख सहजिकरणमा भएको सहयोग प्रदान तथा सङक्रमितलाई भेटघाट कार्यक्रममा स्वास्थ्य सामाग्रीहरुको प्रयाग, सावाधानी र सचेतना सम्बन्धी अवगत गराइएको थियो । यसअघि, दमक–७ पशुहाँटस्थित चौकमा दमक नगरका १ सय विपन्न घर परिवारलाई खाद्यान्य सहयोग सामाग्रीहरु उपलब्ध गराएका थिए ।
इसाई समाज दमकका पुर्व अध्यक्ष एबम् हाल सल्लाहकार समिति सदस्य पाष्टर राजकुमार राईले यस्तो परिस्थितिमा एकले अर्कालाई सहयोग गर्न उपयुक्त हुने बताए ।
(फोटो फिचर)







